ओली–प्रचण्डबीच आज पनि छलफल, होला त सहमति ?

काठमाण्डौ , साउन २२ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान छलफल हुने भएको छ ।

बुधबार बेलुका ५ बजे बस्ने भनिएको दुई अध्यक्षको निर्धारित बैठक स्थगित गरी आज विहान बिहान बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।पार्टीभित्रको विवादलाई लिएर प्रधानमन्त्री ओली र अध्यक्ष दाहाल निरन्तर छलफलमा छन्।

तर, छलफलले कुनै निष्कर्ष दिन सकेका छैन।यसअघि आइतबार, सोमबार र मंगलबार लगातार तीनदिन ओली–प्रचण्डबीच भएको छलफल स्थायी समितिको बैठकको मिति तोक्ने विषयमा सहमति नजुटेपछि विनानिष्कर्ष सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्