पर्सा, बारा र रौटहटमा थप ४३ जनामा संक्रमण, कपिलवस्तुमा पनि स्वास्थ्यकर्मीसहित २५ जनामा पुष्टि

काडमाडौं, साउन २२ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । यसैबीच नेपाली सैनिक, चिकित्सक, स्वास्थ्यकर्मी, सफाइकर्मी, नेतासहित पर्सामा थप ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिको परीक्षणका क्रममा उनीहरुमा कोराना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा भारतीय महावाणिज्य दूतावासका ३० वर्षीय कर्मचारी पनि छन् ।

चण्डीप्रसाद गणमा कार्यरत ११ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको छ । कारागारमा स्वाब दिएका ३५, ३७, ३६,३३, ३५ र २५ वर्षका तथा चण्डीप्रसाद गणमा स्वाब दिएका ३३, ३२, ३३, ३४ र ३५ वर्षका नेपाली सेनामा कोरोना संक्रमण पुष्टि भएको अस्पताल ल्याब स्रोतले जनाएको छ ।

गण्डक अस्पतालको इमरजेन्सीमा उपचाररत वीरगञ्ज(५ का ४० र वीरगञ्ज(४ विर्ताका ५० वर्षीय २ जना शंकास्पद बिरामीमा कोरोना संक्रमण देखिएको छ ।

ज्वरो आएका वीरगञ्ज( १२ का ६० वर्ष, वीरगञ्ज(१ रानीघाटका ३६ वर्षका, वीरगञ्ज(११ ओम आश्रमका ५६ वर्षका, वीरगञ्ज(१४ श्रीपुरका २३ वर्ष, रौतहट मौलापुरका २७ वर्षका गरी पाँचजना पुरुष रहेका छन् ।

यस्तै, आफैं कोरोना जाँच गराएका बाराको देवताल गाउँपालिकाका २२ वर्षीया र बाराको प्रसौनी गाउँपालिका(२ की ७३ वर्षीया महिला, पर्साको पोखरिया नगरपालिकाका(६ का ३३, वीरगञ्ज(१० का ३५ वर्षीय पुरुष, वीरगञ्ज(५ रेशमकोठीका ७३ वर्षीया महिला र १७ वर्षीय पुरुष तथा वीरगञ्ज प्रतिमा चोकका ३४ वर्षीय पुरुष गरी ७ जनामा कोरोना देखिएको छ ।

मास ट्रेसिङका क्रममा वीरगञ्ज(९ रानीघाटमा कोरोना जाँच गराएका वीरगञ्ज(९ गणेश टोलका ४५, ३४, ३७, र १६ वर्षका पुरुष, वीरगञ्ज(११ रानीघाटका ४० र वीरगञ्ज(१६ नगवाका ५२ वर्षीय पुरुषम गरी ६ जना, कन्ट्याक्ट ट्रेसिङमा परेका वीरगञ्ज( ९ रानीघाट गणेशटोलका ४७ वर्षीय, वीरगञ्ज( ४ विर्ताका २९ वर्षी, नारायाणी अस्पताल क्वाटरका ४८ वर्षीय, महोत्तरी घर भई वीरगञ्जमा कार्यरत ३७ वर्षीय चिकित्सक, नारायणी अस्पतालकै कर्मचारीको कन्ट्याक्ट ट्रेसिङमा परेका ५३ वर्षीय महिला र ७ वर्षीया बालिका गरी ६ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ ।

४२ वर्षीय नारायणी अस्पतालका कर्मचारी, वीरगञ्ज(१० अशोकबाटिका बस्ने ३५ वर्षीया डायलायसिसका बिरामी, वीरगञ्ज(८ गहवा बस्ने २८ वर्षीय इन्भेष्टमेन्ट बैंकका कर्मचारी, वीरगञ्ज( ८ गहवाका ३० वर्षीय, पकाहामैनपुर गाउँपालिका( २ मैनपुर बस्ने २७ वर्षीय पुरुष गरी २ जना लायन्स क्लबका कर्मचारीमा कोरोना संक्रमण पुुष्टि भएको छ ।उता कपिलवस्तु जिल्लामा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यही साउन १९ गते संकलन गरिएको स्वाबको नमूना काठमाडौंको प्रयोगशालामा परीक्षण गर्दा २५ जनामा कोरोना पुष्टि भएको हो ।

यससँगै कपिलवस्तु जिल्लामा कोरोना पुष्टि भएकाको संख्या ८ सय ४० पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।कपिलवस्तु नगरपालिका क्षेत्रभित्र सन्चालित बैंक तथा वित्तिय संस्थाबाट संकलन गरिएका नमूनाहरुमध्ये १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी मेडिकल हल र पोलिक्लिनिकका ३ जना, गैरसरकारी संस्थामा कार्यरत ३ जना, बजार क्षेत्रका ३ जना र शिक्षक २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी कपिलवस्तु नगरपालिकाभित्रका र मायादेवी गाउँपालिकाका १(१ जना स्वास्थ्यकर्मीमा पनि कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले दिएको जानकारीअनुसार संक्रमितहरु ग्लोबल आईएमई बैंकका ३ जना, गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सका ४ जना, मेगा बैंकका १ जना, कृषि विकास बैंकका १ जना र कालिका स्वाबलम्बन सामाजिक केन्द्रका ३ जना लगायत छन् ।

प्रतिक्रिया दिनुहोस्