अध्यक्ष प्रचण्डको सुरक्षामा खटिएका ६ जना सुरक्षाकर्मीमा कोरोना पृष्टि

काठमाडौं, साउन २२ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा खटिएका सुरक्षाकर्मीमा कोरोना देखिएको छ। दाहालको सुरक्षामा कार्यरत ६ जना सुरक्षाकर्मीमा कोरोना देखिएको हो।

दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वुधबार दाहाल परिवार, सचिवालय र सुरक्षाकर्मीको कोरोना परीक्षण गरिएको थियो।

त्यसमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीमा कार्यरत ६ जनालाई कोरोना देखिएको उनले बताए। बाहिरी सुरक्षा घेरामा कार्यरत सुरक्षाकर्मीमा कोरोना देखिएको उनले जानकारी दिए।

नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको छ ।समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्