प्रहरी प्रधान कार्यालयमा कार्यरत थप १० प्रहरीमा कोरोना संक्रमण

काठमाडौं, साउन २२ । प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप १० प्रहरीमा कोरोना संक्रमण देखिएको छ ।

यो सँगै प्रधान कार्यालयमा कार्यरत संक्रमित प्रहरीको संख्या ८५ पुगेको छ ।त्यसैगरी अख्तियारमा कार्यरत ८ जना प्रहरीमा पनि कोरोना देखिएको छ ।

त्यसैगरी प्रहरी विपद् व्यवस्थापन गणका केही प्रहरीमा समेत संक्रमण देखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्