संघीय संसदका प्रवक्ता पाण्डेमा कोरोना संक्रमण

काठमाडौं , साउन २२ । संघीय संसदका प्रवक्ता रोजनाथ पाण्डेमा कोरोना संक्रमण पुष्टि भएको छ ।गत मंगलबार वीर अस्पतालमा उनको स्वाव संकलन गरिएको थियो । पाण्डेमा संक्रमण पोजिटिभ देखिएको सांसद मिना सुब्बाले जानकारी दिइन् ।

सांसदको सार्वजनिक लेखा समितिका सदस्य प्रदीप यादवसहितको संसदीय अनुगमन उपसमितिको टोली दुई साताअघि वन व्यवस्थापनबारे अनुगमन गर्न सिन्धुली हुँदै सुदूरपश्चिमसम्म गएको थियो ।

उक्त टोलीमा रहेका सांसद यादवलाई कोरोना संक्रमण पुष्टि भएपछि प्रवक्ता पाण्डेसहितका सचिवालयका ८ जना कर्मचारीमा पनि कोरोना परीक्षण गरिएको थियो ।

पाण्डेले पनि आफ्नो रिर्पोट पोजेटिभ आएको जानकारी दिए ।अन्य सांसदहरु मीना सुब्बा, प्रेम आले सहित अन्य ३ कर्मचारीको नेगेटिभ रिपोर्ट आएको छ ।

यसअघि जनता समाजवादी दलका सांसद प्रदीप यादवलाई कोरोना संक्रमण भएपछि संसद सचिवालयका कर्मचारीको स्वाव लिइएको थियो । सांसद यादव चढेको गाडीका ३ नै जनालाई कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस्