आज पनि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं, साउन २३ । लगातार बढीरहेको सुनको मूल्य आज पनि बढेर नयाँ रेकर्ड बनेको छ ।सुनको मूल्या आज पनि बढेर नयाँ रेकर्ड कायम भएको हो ।

सुनको भाउ आज तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ३ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।हिजो तोलामा ११ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको थियो ।

यस्तै चाँदीको भाउले पनि आज रेकर्ड बनाएको छ ।चाँदी आज तोलामा ६० रुपैयाँ बढेर तोलाको १४ सय ५ रुपैयाँ पुगेको छ ।अन्तर्राष्ट्रिय बजारमै भाउ महँगो भएपछि नेपालमा पनि महँगो भएको छ ।

भाउ महँगो हुँदै गएपछि कारोबार भने ठप्प भएको छ । यता लकडाउन खुलेपछि निरन्तर उकालो लागेको सुनको भाउले नयाँ रेकर्ड कायम गरेको छ । कोरोना महामारीका कारण विश्व अर्थतन्त्रमा पारेको असरका कारण सुन बजारमा लगानी गर्नेहरुको संख्या बढेकाले मूल्य बढेको हो ।

प्रतिक्रिया दिनुहोस्