पेचिलो बन्दै नेकपा विवाद : पार्टी बैठक देखी शीर्षनेताबीचको छलफल अनिश्चित

काठमाडौं, साउन २३ । १० असारदेखि जारी स्थायी समिति बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओलीको राजीनामाको विषयले प्रवेश पाएपछि नेकपा विवाद उत्कर्षमा पुगेको छ । छ।विवाद उत्कर्षमा पुगेका बेला पार्टी बैठकका साथै शिर्ष नेताहरू बीचको छलफल अनिश्चित बनेको छ ।

पार्टी महाधिवेशनमा गएर अध्यक्ष ओलीले सम्मानजनक नेतृत्व हस्तान्तरण गर्ने या महाधिवेशनपूर्व नै ओलीको विकल्प खोजेर जाने भन्नेमै नेकपा शीर्ष नेताबीच विवाद छ। पार्टीको आन्तरिक संघर्ष चर्किँदै गएपछि पटकपटक स्थायी समिति स्थगित हुँदै आएको छ। गत आईतबार देखी तीन दिनसम्म गम्भिर छलफल गरेका नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल बीचको छलफल पनि अनिश्चित बनेको छ ।

यसबीचमा शीर्ष तहमा पटकपटक वार्ता र छलफल भए पनि अहिलेसम्म विवाद समाधान उपाय निस्किन सकेको छैन। त्यसैगरी दोस्रो पुस्तका नेताहरु र युवा नेताहरु पनि पार्टी विवाद मिलाउन क्रियाशिल देखिएका छन् तर सहमति बन्‍न सकेको छैन।अध्यक्षद्धय ओली र दाहालबीचको छलफल बिहिबार बस्ने भनियो । तर बिहिबार समेत उनीहरूका बीचमा छलफल हुन सकेन र छलफलको अर्को मिति समेत तोकिएको छैन् ।

नेकपा फुटको डिलैमा पुगेको छ। दुई अध्यक्षबीचको संवाद अहिले ठप्प भएको छ। प्रधानमन्त्री ओली पक्षधर र प्रचण्ड–नेपाल पक्षका नेताहरु अहिले पानी बाराबारको अबस्थामा पुगेका छन्। केही दिन अघि मात्रै प्रचण्ड नेपाल पक्षले केही पत्रकारलाई बोलाएर प्रधानमन्त्री ओलीले आफूहरुलाई पन्छाउन खोजेको गुनासो गरेका थिए।

शिर्ष नेताहरू आ–आफ्नै अडानमा अडिग भएकाले पार्टी नै फुटको संघारमा पुगेको भन्दै नेताहरूले चिन्ता व्यक्त गरिरहेका छन् । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० भित्रको आन्तरिक विवाद पेचिलो बन्दै जाँदा शीर्ष नेताहरु आफू पक्षधर सांसदलाई आफ्नै पक्षमा टिकाइराख्ने कसरतमा जुटेका छन्।

प्रतिक्रिया दिनुहोस्