सरकारले सार्वजनिक गर्‍यो चाडपर्व मनाउने मापदण्ड, के गर्न पाइन्छ, के पाइँदैन?

काठमाडौं, साउन २३ । नेपालमा चाडपर्वको समय नजिकिएसँगै कोरोना संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । कोरोना संक्रमितको संख्या बढेको अवस्थामा चाडपर्व मनाउँदा सवाधानी अपनाउनुपर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिँदै आएका छन् ।

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सवहरु मनाउँदा पालना गर्नुपर्ने जनस्वास्थ्यका मापदण्ड–२०७७ जारी गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार चाडपर्व, जात्रा तथा उत्सवहरू मनाउँदा पालना गुर्नपर्ने जनस्वास्थ्यका मापदण्ड ०७७ सार्वजनिक गरेको हो । चाडपर्व उत्सवहरू मनाउँदा कोरोना संक्रमणको जोखिम बढ्न सक्ने भन्दै मन्त्रालयले यस्तो मापदण्ड सार्वजनिक गरेको बताएको छ ।नेपालीहरुले मनाउने दशैं, तिहारलगायत ठूला चाडपर्वहरु आउन थालेपछि सरकारले उक्त मापदण्ड जारी गरेको हो।

मापदण्डमा सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घरपरिवारका व्यक्तिबाहेक अन्यसँग भेटघाट कम गर्ने कुरालाई प्राथमिकता दिएको छ। भेटघाट गर्नैपर्ने भए कम्तीमा २ मिटरको दूरी अनिवार्य कायम गर्नुपर्ने मापदण्डमा उल्लेख छ।यस्तै चाडपर्वको समयमा सकेसम्म घरबाहिरको भेटघाटमा नजाने यदि जानैपर्ने भएका सहभागी हुँदा मास्कको प्रयोग अनिवार्य गर्न मापदण्डमा भनिएको छ।

यस्तै धार्मिक स्थलमा हुने हरेक भेलामा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्ने तथा सतहहरु (रेलिङ, बार आदि) देवीदेवताका मूर्तिहरु र धेरै व्यक्तिहरुले प्रयोगमा ल्याउन सक्ने सामग्रीहरु नछुन मापदण्डमा उल्लेख छ।

यस्ता छन् मन्त्रालयले सार्वजनिक गरेका मापदण्डः
व्यक्तिगत तहमा लागू हुने

क) अत्यावश्यक र अनिवार्य
१. सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गने घरपरिवारका व्यक्ति बाहेक अन्य सँग भेटघाट कम गर्ने । यदि भेटघाट गर्नुपर्ने भएमा कम्तिमा २ मिटर ९६० को दूरी अनिवार्य रुपमा कायम गर्ने ।
२. चाडपर्वको समयमा सकेसम्म घर बाहिर नजाने । यदि जानैपर्ने भए मास्क ९सर्जिकल वा ३ तहको कपडाको मास्क० को प्रयोग अनिवार्य रुपमा गर्ने ।
३. चाडपर्व, जात्रा, तथा उत्सव मनाउने कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रूपमा साबुन पानीले हात धुने वा स्यानीटाईजर प्रयोग गर्ने ।

ख) आधारभूत :

१ धार्मिकस्थलमा हुने हरेक भेलारकार्यक्रममा बढीमा २५ जना मात्रै उपस्थित हुने ।
२. अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्ने, तर अंगालो मार्ने वा शरीर छुने कुनै प्रकारको अभिवादन नगर्ने ।
३. सतहहरू रेलिङ, बार आदि, देवीदेवताका मूर्तिहरू र धेरै व्यक्तिहरूले प्रयोगमा ल्याउने सक्ने सामग्रीहरू नछुने ।
४.आखाँ, नाक र मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोई वा हातमा स्यानिटाइजर प्रयोग गरी मात्र छुने ।
५। खोक्दा वा हाछ्युँ गर्दा रुमाल वा टिस्यु पेपरले मुख छोप्ने, उक्त कुरा सम्भव नभएमा कुहिना दोब्य्राएर छोप्ने ।
६. सार्वजनिक स्थलमा जथाभावी नथुक्ने ।
७. सम्भव भएसम्म पैसाको कारोबार गर्दा विद्युतीय माध्यमबाट कारोबार गर्ने ।

देहायका उच्च जोखिम समूहमा पर्ने व्यक्तिहरूले घरपरिवार बाहेक बाहिरका व्यक्तिहरू सहभागी हुने

क. ज्वरो, खोकी तथा श्वासप्रश्वासको समस्या भएका व्यक्तिहरू
ख. ६० वर्षभन्दा बढी उमेरका व्यक्तिहरू
ग. १२ वर्ष मूनिका बालबालिकाहरू
घ.गर्भवती तथा सुत्केरी महिलाहरू
ङ. रोग प्रतिरोधात्मक क्षमता कमी भएका व्यक्तिहरू
च. मधुमेह, क्यान्सर, मुटुरोग, उच्च रक्तचाप, मृगौला र कलेजोसम्वन्धी समस्या भएका दम लगायत अन्य श्वासप्रश्वास सम्वन्धी दीर्घरोगी भएका व्यक्तिहरू
छ. अंग प्रत्यारोपण गरेका व्यक्तिहरू
ज. शरीरमा मेडिकल उपकरणहरू राखेका व्यक्तिहरू
झ. हालसालै सर्जरी गरेका व्यक्तिहरू
ञ. तत्काल (विगत १५ दिनभित्र ) सबै प्रकारका रोगको उपचारबाट निका ेभएका व्यक्तिहरू आदि

आयोजकले व्यवस्थापन गर्नुपर्ने विषयहरु :

१. भीडभाड व्यवस्थापनका लागि पर्याप्त जनस्वास्थ्यका सुरक्षासहित तालिम प्राप्त कर्मचारी वा स्वयं सेवकहरूको व्यवस्था गर्ने ।
२.हात धुन साबुन पानीको पर्याप्त व्यवस्था वा स्यानिटाइजरको उपलब्धता अनिवार्य मिलाउने ।
३. कार्यक्रमस्थलको सरसफाई र हरेक दिन कम्तीमा दुई पटक निसंक्रमिकरण गर्ने ।
४.धेरै सम्पर्कमा आउने सतहहरू (रेलिङ, बार आदि)देवीदेवताका मूर्तिहरू आदि समय–समयमा सफा गर्ने ।
५.व्यक्तिहरू बीचको सम्पर्क कम गर्नका लागि कार्यक्रमको अवधि जतिसक्दो छोटो राख्ने ।
६. कार्यक्रमस्थलमा जनस्वास्थ्यका मापदण्ड र कोभिड–१९ सम्बन्धी पोष्टर पम्प्लेटहरू अनिवार्य टाँस्ने ।
७. कार्यक्रम स्थलमा भौतिक दुरी कायम भए नभएको पालना गर्ने संकेत चिन्हहरू बनाई सहभागीहरूलाई पालना गर्न लगाउने ।
८. प्रवेश द्वारमा थर्मल थर्मोमिटरले तापक्रम जाँच गर्ने र १००।४ भन्दा बढी तापक्रम भएका व्यक्तिलाई कार्यक्रममा सहभागी नगराउने । निजहरूलाई नजिकको स्वास्स्थ्य संस्थामा थप परामर्श र जाँचका लागि पठाउने ।
९.स्थानीय तहमा रहेका स्थानिय प्रशासन, स्वास्थ्य तथा अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी स्वास्थ्य र सुरक्षाको मापदण्ड पालना हुनेगरी कार्यक्रमको उचित प्रबन्ध मिलाउने ।
१. कार्यक्रम स्थलमा धुम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थहरूको सेवन पूर्णरूपले निषेध गर्ने ।
११.जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने र जथाभावी थुक्ने व्यक्तिलाई स्थानीय प्रशासनले संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने ।
१२.फोहोर फाल्नका लागि विर्को ९ढकनी० भएका फोहारदानीको पर्याप्त व्यवस्था मिलाउने र व्यवस्थापन गर्दा सावधानी अपनाई सुरक्षित तवरले बिसर्जन गर्ने ।
१३० सकेसम्म प्रसाद तथा टीका वितरण नगर्ने, गर्नै परेमा प्याकेटमा स्वस्थ व्यक्तिले पञ्जा र गोब्स लगाएर प्याक गर्ने व्यवस्था मिलाउने र २ मिटरको भौतिक दुरी कायम गरी वितरण गर्ने ।

भीड कम गर्न स्थानीय प्रशासन र सरोकारवालाहरूसँग समन्वय गरेर देहाय लगायतका अन्य उपयहरू अप्नाउन पर्नेछः

क. सहभागीको संख्या घटाउन विभिन्न रणनीतिहरू पहिचान गरी कार्यान्वयन गर्ने । जस्तैैः हरेक परिवारबाट एकजना मात्रै सदस्य उपस्थित गराउने ।
ख. प्रसाद वा अन्य फलफूलहरू निश्चित व्यक्तिहरूले घरमै गएर बाँड्ने व्यवस्था मिलाउने ।
ग. नदी वा तलाउमा समूहमा नुहाउनुको सट्टा अन्य वैकल्पिक व्यवस्था मिलाउने ।
घ.सम्भव भएसम्म एकाघरका परिवारका सदस्यहरूमात्रै बसी चाडवाड तथा पर्वहरू मनाउने ।

प्रतिक्रिया दिनुहोस्