सेञ्चुरी कमर्सियल बैंकद्वारा थ्री-डी सेक्योर भिसा , क्रेडिट र ट्राभल कार्ड सेवा प्रारम्भ

काठमाडौं , साउन २३। सेञ्चुरी कमर्सियल बैंकले इजिलियन्ट टेक्नोलोजिज भारतसँगको सहकार्यमा थ्री-डी सेक्योर सेवा प्रारम्भ गरेको छ ।

सम्झौताअनुसार बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्न मात्र सीमित नभई अब यी कार्डबाट विभिन्‍न अनलाइन माध्यमबाट पनि सजिलै र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने जनाइएको छ ।

थ्री-डी सेक्योर सेवामा ग्राहकले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड आफ्नो आधिकारिक मोबाइल वा इमेलमा प्राप्त गर्न सक्ने जनाइएको छ । थ्री-डी सेक्योर सेवामा कार्ड र ओटीपी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रुपले सुरक्षित हुने बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्