प्रधानमन्त्री ओलीद्वारा राजापाक्षलाई बधाइ ! सँगै नेपाल भ्रमणको निम्तो पनि

काठमाडौं, साउन २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका प्रधानमन्त्री महिन्दा राजापाक्षलाई बधाइ ज्ञापन गरेका छन् ।श्रीलंकामा सम्पन्न संसदीय निर्वाचनमा राजापाक्षको पार्टीले जित हासिल गरेपछि प्रधानमन्त्री ओलीले बधाइ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार फोनमार्फत् नेपाल सरकार, नेपाली जनता, आफू र आफ्नो पार्टी नेकपाको तर्फबाट बधाइ र शुभकामना दिएको ट्वीटमार्फत् जानकारी दिएका छन् ।प्रधानमन्त्री ओलीले उनका समकक्षी राजापाक्षलाई नेपाल भ्रमणको निम्तोसमेत दिएका छन् ।

प्रधानमन्त्री ओलीको फोन र शुभकामनाप्रति राजापक्षले धन्यवाद ज्ञापन गरेका छन् । उनले ट्वीटमार्फत् नै प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएको जानकारी दिएका हुन् ।संसदीय निर्वाचनमा राष्ट्रपति गोटब्या राजापाक्ष र उनका भाइ महिन्दा राजापक्षको पार्टी श्रीलंका पिपल्स फ्रन्ट ९एसएलपीपी० र सहयोगी दलहरुले दुईतिहाइ सिट जितेका छन् ।

जितसँगै महिन्दा राजापाक्षलाई फेरि प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । उनले नै गएको नोभेम्बरदेखि कामचलाउ सरकारको नेतृत्व गरिरहेका छन् ।श्रीलंकाको आमनिर्वाचनमा राजापाक्ष परिवारको श्रीलंका पिपल्स फ्रन्टले कुल २२५ मध्ये १४५ सिट जितेको हो । पाँच सिट भने एसएलपीपीको सहयोगी पार्टीले जितेको छ ।

श्रीलंकामा एसएलपीपीले नौ महिनापहिले राष्ट्रपतीय चुनाव जितेर गोटब्या राजापाक्ष राष्ट्रपति बनेका थिए । श्रीलंकामा गएको बुधबार आमनिर्वाचनको मतदान भएको थियो ।

प्रतिक्रिया दिनुहोस्