यी हुन् काठमाडौँ उपत्यकामा संक्रमण देखिएका १३६ स्थान, तपाई बस्ने क्षेत्र कति सुरक्षित ?

काठमाडौँ, साउन २४ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।काठमाडौँ उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ । जोखिममा रहेको जिल्लाहरूको सूचिमा रहेको काठमाडौँ उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ ।

५ देखि ९ जनासम्म संक्रमित देखिएका स्थान २४ छ । यस्तै १० देखि १२ जना संक्रमि भएका स्थान ४ छ । काठमाडौँको नक्सालस्थित प्रहरी प्रधान कार्यालय, कालीमाटी, बागबजार र सामाखुसी क्षेत्रमा संक्रमित संख्या १० भन्दा बढी छ ।

यस्तै बालाजु, बाँसबारी र त्रिवि शिक्षण अस्पतालमा पनि ७र७ जना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।बूढानीलकण्ठ, धुम्बाराही, घट्टेकुलो, कोटेश्वर, माछापोखरी, नक्साल, पुतलीसडक, सीतापाइला, बालुवाटार, काठमाडौं महानगरपालिकाको कार्यालय, कुपन्डोल, टोखा र थानकोट क्षेत्रमा पनि संक्रमित पाइएका छन् ।

अनामनगर, बल्खु, बालुवाखानी, बौद्ध, भंगाल, चाबहिल, दक्षिणढोका, इमाडोल, जोरपाटी, कलंकी, कीर्तिपुर, सोह्रखुट्टे क्षेत्रमा बसोबास गर्ने केही व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

यस्तै बाफल, बसुन्धरा, भोटाहिटी, भोटेबहाल, च्यासल, क्षेत्रपाटी, दुवाकोट, धापासी, डल्लु, डिल्लीबजार, गोठाटार, गहनापोखरी, कपन, खुमलटार, कुलेश्वर, लगनखेल, महाबौद्ध, न्युरोड, नयाँबजार, पेप्सीकोला, रातोपुल, सुनाकोठी, ठैंबलगायतका स्थानका केही एकाध व्यक्तिमा पनि संक्रमण पुष्टि भएको छ ।

उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा कम्तिमा एक जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको हो ।मृतक र संक्रमित बढेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञहरूसँग लकडाउन गर्ने या नगर्ने भन्नेबारेमा परामर्शसमेत गरेका छन् ।

समुदायस्तरमा कोरोना भाइरसको संक्रमण फैलिएको आशंकापछि संक्रमण फैलन नदिन १४ जिल्लाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।यसैबीच उपत्यकामा कोरोना भाइरसको जोखिम बढ्दै गएपछि दुई हप्ताको लागि ‘सटडाउन’ हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्