भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा थप ९ सय ३३ जनाको मृत्यु

काठमाडौं , साउन २४ । भारतीय पाँच हकी खेलाडीमा कोरोना संक्रमण भएको छ ।कप्तान मनप्रीत सिंह सहित ५ खेलाडीमा कोरोना पोजेटिभ देखिएको हो ।

संक्रमित हुनेहरुमा कप्तान मनप्रीत सिंह, सुरेन्द्र कुमार, जसकरन सिंह, वरुण कुमार र कृष्णबी पाठक रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।एक महिनाको विश्रामपछि बेङगलुरुमा प्रशिक्षणमा फर्कने क्रममा गरिएको परीक्षणमा नेगेटिभ आएको थियो ।

संक्रमित खेलाडीको संखया बढ्न सक्ने स्पोर्ट्स अथरिटी अफ इन्डिया एसएआईले जनाएको छ ।एस एआईका अनुसार मनप्रित र सुरेन्द्र कुमारमा कोरोनाको लक्षण देखिएपछि अन्य खेलाडीहरुकोे पुनः कोरोना परीक्षण गरिएको छ ।

कोरोना महामारीका कारण भारतमा खेलाडीको प्रशिक्षण प्रभावित भएको छ । यसैबीच भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप ९ सय ३३ जनाको मृत्यु भएको छ ।भारतको स्वास्थ्य मन्त्रालयका अनुसार ६१ हजार ५ सय ३७ नयाँ संक्रमित थपिएका छन् ।

कर्नाटक, विहार र आन्ध्र प्रदेशमा सबै भन्दा धेरै संक्रमण फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।नयाँ संक्रमित थपिएसँगै कोरोना भाइरस संक्रमितको संख्या हालसम्म २० लाख ८८ हजार ६ सय ११ पुगेको छ । त्यस्तै मृतकको संख्या ४२ हजार ५ सय १८ पुगेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार ६८ दशमलव ३२ प्रतिशतले निको भएका छन् ।संक्रिय संक्रमितको संख्यामा पनि कमी आएको मन्त्रालयले जनाको छ ।संक्रमितको संख्या हाल ६ लाख १९ हजार ८८ रहेको छ भने १४ लाख २७ हजार ५ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्