‘कोरोना त्रास: काठमाडौंका तीन क्षेत्र सिल’

काठमाडौं, साउन २४ । कोरोना भइरस( कोभिड१९) को संक्रमण बढ्दै गएपछि काठमाडौंका तीन क्षेत्र सिल गरिएको छ । जसमा प्यूखा, न्यूरोड र महाबौद्ध सिल गरिएको छ। संक्रमण बढ्दै गएपछि काठमाडौं जिल्ला प्रशासन कार्यालयले यी क्षेत्र सिल गर्ने निर्णय गरेको हो ।

काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या ९८२ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म उपत्यकामा ९ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीमध्ये काठमाडौंमा ७ सय ६६, भक्तपुरमा ८२ र ललितपुरमा १ सय ३४ जना छन् ।काठमाडौँ उपत्यकामा हाल उपचारारत अवस्थाका अर्थात सक्रिय संक्रमितको संख्या ६ सय ४६ छ ।

जोखिममा रहेको जिल्लाहरूको सूचिमा रहेको काठमाडौँ उपत्यकामा मात्रै १३६ स्थानमा संक्रमण देखिएको छ ।उपत्यकाका अन्य ७० स्थानमा पनि पछिल्लो दुई सातामा कम्तिमा एक जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या समेत ह्वात्तै बढ्दै गएको छ । नेपालमा साउन ६ गते मध्यराति लकडाउन अन्त्य भएको घोषणा भएसँगै संक्रमित र मृतकको संख्या बढ्दै गएको हो ।

प्रतिक्रिया दिनुहोस्