कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ७३ पुग्यो

काठमाडौं , साउन २४ । नेपालमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ ।

पछिल्लो विवरणअनुसार थप ३ जनाको मृत्यु भएसँगै संक्रमणबाट मृत्यु हुनेको कुल संख्या ७३ पुगेको हो ।

३ मृतकमा पर्साका ७४ वर्षीय पुरुष, मोरङका १ जना पुरुष र काठमाडौंको टोखाकी ४१ वर्षीय महिला रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्