छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, यता ४ जना मृतावस्थामा फेला

काठमाडौं , साउन २४ । रुपन्देही, चितवन र सप्तरीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
रुपन्देहीको रोहिणी गाउँपालिका(४ छिपागडस्थित सडकमा लु।२ च ६७५६ नम्बरको कार सडकबाट १० मिटर तल खसेर शुक्रबार राति दुर्घटना हुँदा कारमा सवार सिद्धार्थनगर नगरपालिका(४ बस्ने २७ बर्षीय देवेन्द्र चौधरी समेत ३ जनाको मृत्यु भएको छ । दुर्घटना परी गम्भीर घाइते भएका उनीहरुको भिम अस्पताल भैरहवातर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका कारमा सवार ओमसतिया गाउँपालिका(४ बस्ने ३४ बर्षीय अनिल यादवलाई भिम अस्पताल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ ।

यसैगरी चितवनको कालिका नगरपालिका(२ भट्ट चोकमा ना।३० प ५४९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय बुद्धिमान दराईको शुक्रबार साँझ मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

सप्तरीको शम्भुनाथ नगरपालिका(१ स्थित सडकमा पनि स।१० प ८४९८ नम्बरको मोटरसाइकलको ठक्करबाट साईकलयात्री सोही ठाउँ बस्ने ३५ बर्षीय देवनाथ यादवको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका(७ बस्ने २६ बर्षीय अमृत चौधरीलाई उपचारको लागि युनिक अस्पताल रुपनी पठाइएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । यता छुट्टाछुट्टै स्थानमा ४ जना मृतावस्थामा फेला परेका छन् । काठमाडौं महानगरपालिका(२८ बागबजारस्थित शहिद शुक्र गल्लीमा हाल एकिन नाम, वतन नखुलेका करिब ५३ बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।

यसैगरी रुपन्देहीको बुटवल उपमहानगरपालिका(७ हिलपार्क गुरुङ डाँडास्थित जंगलमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० बर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
कन्चनपुरको भिमदत्त नगरपालिका(१२ ऐरीघाटस्थित महाकाली नदीको बीच भागमा पनि अन्दाजी २६ बर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका(१ रानीपौवा बस्ने ८२ वर्षीया भुटी गुरुङ आफ्नै घरको कोठामा शनिबार मृत अवस्थामा फेला परेकी छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्