शेयर बजार सातामा ५७.६९ अंकले घट्यो, लगानीकर्ताले गुमाए ७२ अर्बभन्दा बढी

काठमाडौं, साउन २४ । यो साता नेप्से परिसूचक ५७.६९ अंकले घटेकोे छ ।

साताको चार कारोबार दिनमा लगानीकर्ताहरुले ७२ अर्ब ४७ करोड ८० लाख बराबरको सम्पत्ति गुमाएका हुन् ।गत साताको कारोबारको अन्तिम दिन साउन १५ गते १४ सय ३९.०६ विन्दुमा रहेको नेप्से परिसूचक साउन २२ गतेसम्म आइपुग्दा १३ सय ८१.३७ विन्दुमा झरेको हो ।

यो साताको पहिलो दिन आइतबार ४२.७८ अंकको उच्च गिरावट आएको थियो । सोमबार भने ७.५९ अंकले बजार बढ्दा बाँकी दिन बजार घटेको छ ।यो साता चार दिन कारोबार भएको बजारमा गत साताको तुलनामा कारोबार रकम पनि दुई अर्ब ७३ करोड ५८ लाख ८५ हजार कम भएको छ ।

गत साता कुल कारोबार रकम आठ अर्ब दुई करोड २३ लाख ४० हजार रहेकोमा यस साता पाँच अर्ब २८ करोड ६४ लाख ५५ हजार रहेको छ ।गत साताको तुलनामा ठूला कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इन्डेक्स पनि ११।४ अंकले घटेको छ ।

प्रतिक्रिया दिनुहोस्