जीवन स्वस्थ्य बनाउन मनतातो पानीले गर्छ अस्वभाविक फाइदा

काठमाडौं । जीवन स्वस्थ्य र सरल बनाउन मनतातो पानीले गर्छ अस्वभाविक फाइदा गर्छ । स्वास्थ्यप्रति सबै मानिस सजक र चासो हुन्छ । त्यो स्वभावि पनि हो । यदि मानिस स्वस्थ भए मात्रै जीवन सरल रुपमा जिउन सक्छ । स्वाीथ्यप्रति सजक हुन हामीले खानपान र शारीरिक व्यायममा नै ध्यान दिनु पर्छ । पानी बिनाको जीवन कल्पना नै गर्न सकिंदैन । हाम्रौ हरेक पिउन मात्रै नभई हरेक काममा पानी प्रयोग गरिएको हुन्छ । यहाँ जीवनमा नभई नहुने पानीको चर्चा गरेका छौं । त्यसमा पनि पानी कुन समयमा कसरी कतिपिउने भन्ने कुरालाई औयाइएको छ ।
खाली पेटमा पानी नपिईकन नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ । ढिलो उठाई, व्यमरहित जीवन र अमिल्दो खानपान आयु घटाउन सक्छ । यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्न सकेमा जीवन सरल र स्वस्थ्य हुन्छ ।

उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ । अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सके तपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।

विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसार सुझाएक छनः

-दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।
-अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।
-मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
-मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
-नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
-नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।
-दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
-मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
-नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।

-डिप्रेसनबाट छुटकराः विभिन्न अनुसन्धान रिपोर्टअनुसार शरीरमा पानीको कमीले डिप्रेसन हुने संभावना बढी रहन्छ।यसो हुँदा निद्रा गडबड भइ व्यक्तिमा नराम्रो असर पर्छ। त्यसैले राति सुत्नुअघि एक गिलसा मन तातो पानी पिउँदा शरीरमा पानीको मात्रा ठीक हुन्छ । विकार तत्वहरु बाहिर निकाल्छः नियमित मनतातो पानी पिउँदा शरीरको तापक्रम बढ्छ। जसले गर्दा शरीरबाट प्रशस्त मात्रामा पसिना निस्कन्छ।पसिना निस्किदा रगतको सन्तुलत ठीक रहनुका साथै शरीरमा भएका विकार तत्वहरु बाहिर निस्कन्छन्।यसैले रातिको समयमा मन तातो पानी पिउनु जरुरी छ।

-पाचनको काम गर्छः मनतातो पानीले खाना पचाउनमा ठूलो सहयोग गर्छ। रातको समयमा दिनको भन्दा शरीरको पाचन शक्ति कमजोर हुन्छ। त्यसैले रातको समयमा गरम पानी पिउँदा पाचकको काम गर्छ।

दिनमा कति पिउने ?

स्वस्थ व्यक्तिले दिनमा दुई वा तीन लिटर पानी पिउनुपर्छ। एकजना वयस्क व्यक्तिले शरीरबाट दिनमा लगभग साँढे दुई लिटर पानी गुमाउँछ। पसिना, श्वास र दिसापिसाको माध्यमबाट पानी खेर जानेगर्छ।

पानीको आवश्यकता व्यक्तिपिच्छे फरक हुन्छ । त्यसै पानीको मात्रा जीवनशैलीमा पनि भर पर्छ । धेरै शारीरिक श्रम नपर्ने, कुर्सीमा बसेर काम गर्ने र एसी भएको ठाउँमा काम गर्नेलाई दैनिक दुईदेखि २.५ लिटर पानी भए पुग्छ। शारीरिक श्रम पर्ने काम गर्ने सेल्सपर्सनजस्ता पेसामा भएकालाई भने तीन लिटरजति पानी जरुरत पर्छ ।

समयअनुसार शरीरमा पानीको आवश्यकता पर्छ । गर्मी महिनामा बढी र नियमित पानी खाइरहनुपर्छ । बिहान उठ्नेबित्तिकै सकेसम्म धेरै पानी पिउन राम्रो मानिन्छ । शारीरिक व्यायाम गर्ने, गर्मी मौसममा काम गर्ने र स्तनपान गराइरहेका आमाले धेरै पानी पिउनुपर्छ । स्तनपान गराइरहेका आमाले आफू र बच्चालाई स्वस्थ राख्न पनि प्रशस्त पानी पिउनुपर्छ ।

शरीरलाई चाहिनेभन्दा बढी पानी पिउँदा मिर्गौला सुन्निने र शरीरलाई चाहिने खनिजहरूको घनत्व घटेर शरीरलाई नकारात्मक असर पर्न सक्छ । त्यसैले ठीक समयमा सही मात्रामा पानी पिउनु आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्