सर्लाहीबाटख गाँजासहित दुई जना पक्राउ

काठमाडौं, साउन २७ । लागूऔषध गाँजासहित सर्लाही प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार जिल्लाको लालबन्दी नगरपालिका १० स्थित चन्द्रपुरबाट राति साढे १० को समयमा उनीहरुलाई २० किलो गाँजासहित पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा लालबन्दी नगरपालिका वडा नम्बर २ का ५० वर्षीय सुरेश पासवान र वडा नम्बर ८ का २८ वर्षीय रवीन्द्र लामा छन् ।

सेतो बोराभित्र रातो घर्के गम्छामा बाँधेर गाँजा बोकेर पैदल हिंडिरहेको अवस्थामा दुवै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य गरिरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्