नेता रावल भन्छन् – कालापानीबाट अब भारतीय सेना हट्नु पर्छ

काठमाडौं , साउन २७ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी )नेकपा) का नेता भीम रावलले कालापानीबाट भारतीय सेना हटाउनु पर्ने बताएका छन् । रावलले प्रबुद्ध व्यक्ति समूह (इपीजी)को प्रतिवेदन अगाडि बढाउनु पर्नेमा समेत जोड दिदै यस्तो बताएका हुन् ।

‘गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरित भारतीय विदेशमन्त्रीले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ,’ पूर्व मन्त्री समेत रहेका नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौज हट्नुपर्ने र प्रबुद्ध व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनुपर्छ ।’

सन् १८१६ को सुगौली सन्धि अनुसार लिम्पियाधुरा मुहान भएको काली ९महाकाली० नदी नै दुई देशबीचको सीमाना भए पनि भारतले कालापानीमा आफ्नो सुरक्षा फौज राखेको छ ।

‘लिम्पियाधुरा, लिपुलेक, कालापानी हाम्रो हो, यसमा सरकार स्पष्ट छ, प्रमाण पनि हामीसँग प्रशस्त छन’्, ,‘त्यसकारण त्यो भूमिको स्वामित्व हाम्रो हुनुपर्छ, हाम्रो भूमिबाट भारती सेना हट्नुपर्छ।’

भारतीय सेना नेपाली भूभागबाट हटाउन र मिचेको नेपाली भूभाग फिर्ता गराउने विषयका सरकारले कुटनीतिक कदम अगाडी बढाएकोसमेत बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्