सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस् : स्वास्थ्य मन्त्री ढकाल

काठमाडौं, साउन २७ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले सरकारको आलोचना गर्नेहरुको मति सप्रियोस भन्दै शुभकामना दिएका छन्। उनले पार्टी भित्र र बाहिरबाट मति विग्रिएकाहरुले कोभिड १९ रोकथाम तथा नियन्त्रणको कार्यमा आलोचना गरेको भन्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा सबैको मति सप्रियोस भन्ने शुभकामना दिएका हुन्।

मंगलबार थापाथली स्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मति विग्रिएर सरकारको आलोचना गर्ने सबैलाई महामारी विरुद्ध लडन मति सप्रियोस भन्दै शुभकामना दिएका हुन्।

उनले भने, आजको यो कृष्णअष्टमीको दिन मति विग्रिएकाहरुका लागि पनि यो महामारीका विरुद्ध लडनका निमित्त मति सुध्रियोग भन्ने शुभकामना दिन चाहन्छु। चाहे ति मेरा घरभित्र बसेका हुन चाहे ति मेरा छिमेकमा बसेका व्यक्तिहरु हुन्। सरकारको आलोचना गरेर लडाईको अभियानमा लागेको योद्धाहरुको खुट्टा तानेर त्यसले कुनै राष्ट्र निर्माण गर्ने कुरामा र महामारीलाई कमजोर बनाउनका निम्ति योगदान पुर्या उन सक्दैन्।’

उनले महामारीबाट बाँचियो भने सत्ताको लडाई फेरीपनि खेल्न सकिने भन्दै सकारलाई सघाउन नेताहरुलाई आग्रह गरे। सरकारलाई जनताले पाँच वर्षको म्याण्डेट दिएकाले पाँच वर्ष पछि नै सत्ताको खेलमा लाग्न समेत आग्रह गरे। उनले भने, ुबाँचियो भने सत्ता प्राप्ती गर्ने लडाई फेरीपनि खेल्न सकिन्छ। किनभने सत्ताका निमित्त लडने यो नै अन्तिम युद्ध होइन्। पाँच वर्ष जनताले म्याण्डेट दिएकै छन्। म्याण्डेटपछि त्यो खेलमा लाग्दाखेरीपनि केही विग्रिदैन।

स्थिरताको नारा दिएर अस्थिरताको योजना बनाएर हिंडने मित्रहरुलाई पनि म आग्रह गर्न चाहन्छु बेला अनुसार हाम्रा बचन र व्यवहार गरिएन भने जनताले त्यहि ढंगले हामीलाई निगरानी गरिराखेका हुन्छन्। जनताको नजरमा हामी परीक्षमा नै छौं। सबैले जनताबाटै उत्तिर्ण हुनुपर्छ भन्ने कुरालाई मध्यनजर राखेर नै हामीले काम गर्न सकियो भने हामी यो लडाईलाई सहजतापूर्वक समाधान गर्न सक्छौं।’

उनले कोरोना रोकथामका लागि सरकारको विरोध विभिन्न तरिकाबाट हुने गरेको बताए। कुनैबेल पीपीइ भएन भने सामूहिक राजीनामा दिन्छौं भन्नेहरु अहिले चुप लागेको बताए। त्यस्तै गीतबाट समेत सरकारको आलोचना गरिएको तर अहिले त्यसको जवाफ सरकारले दिइसकेको बताए। अहिलेसम्म पीपीई र पीसीआरको गीत आएको र अब ती चल्न छाडेपछि औषधि र भेन्टिलेटरका गीत आउने बताए। जस्तोसुकै गीत आएपनि त्यसको जवाफ सरकारले शिद्धान्तबाट नभई व्यवहारबाट दिने प्रष्ट पारे।

मन्त्री ढकालले नेपालमा अहिलेपनि कोरोना संक्रमणको स्थिति नियन्त्रण भित्रै रहेको बताए। संक्रमणको अवस्था समुदाय स्तरमा देखिएपनि नियन्त्रण्को स्थितिमा नै रहेकोले आत्तिनु नपर्ने बताए।

प्रधानमन्त्री एवं पार्टीको एक नम्बर अध्यक्षसमेत रहेका केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उनीइतरको समूहले उठाएपछि नेकपामा विवाद चर्केको छ । विवादकै कारण नेकपाको असार १० मा सुरू भएको स्थायी कमिटी बैठक भाँडिएको छ ।यता नेकपाभित्र विवाद बढ्दै गएपछि विभाजनको अवस्था आउन लागेको भन्दै सांसदहरुले पत्रकार सम्मेलन गरि आफ्नो विचार सार्वजनिक गरेका हुन्। असार १० गते सुरु भएको स्थायी कमिटीको बैठक विवादका कारण असार २० यता बस्न सकेको छैन।

प्रतिक्रिया दिनुहोस्