कोरोना संक्रमणमा उच्च वृद्धि, काठमाडौँ उपत्यकामा थपिए १३४ संक्रमित

काठमाडौं, साउन २७ । काठमाडौँ उपत्यकामा आज पनि थप १३४ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। गौतमले विभिन्न प्रयोगशालामा भएको परिक्षणमा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन् ।

नयाँ संक्रमितमा काठमाडौँका ११० जना, ललितपुरका १४ जना र भक्तपुरका १० जना रहेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले ६३८ जना संक्रमित थपिएको जानकारी दिएका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ७ हजार २०१ रहेको छ भने डिस्चार्ज भएकासहित अहिलेसम्मका कुल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्