प्रधानमन्त्री र अध्यक्ष प्रचण्डबीच भेटघाट, नेकपाको संवादहिनता तोडियो

काठमाडौं, २९ साउन । कम्युनिस्ट पार्टी (नेकपा)लामो समयको संवादहीनता तोडिएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएपछि यो संवादहिनता तोडएको हो ।
पार्टी भित्रको विवादको सरगर्मीलाई यस भेटले के गर्ला भन्ने नेकपा भित्र चासो बुढेकोछ ।
ओलीलाई भेट्न प्रचण्ड केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । भेटमा पार्टीको विवाद र आन्तरीक कलह, समस्या समाधानलगायतका विषयमा कुराकानी भइरहेको वालुवाटार स्रोतले बताएको छ ।

स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढपछि पार्र्टीको अन्तर द्वान्द बढेको हो । राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि पटक पटक स्थगन हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्