नेकपा विवाद सुल्झाउन छ सदस्यीय कार्यदल गठन, विवाद समाधान उन्मुखतिर

काठमाडौं, साउन ३० । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको जारी विवाद समाधान उन्मुख देखिएको छ। शुक्रबार बालुवाटारमा नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको महासचिव विष्णु पौडेलले जानकारी दिए।

उनकाअनुसार कार्यदलमा कार्यदलमा विष्णु पौडेल, जर्नाजन शर्मा, शंकर पोखरेल, भीम रावल, सुरेन्द्र पाण्डे र पम्फा भुसाल छन्। कार्यदलले सहमतिको खाका तयार पारी अध्यक्षद्वयलाई पेश गर्ने छ। यसैबीच स्थायी कमिटीको बैठकमा प्रचण्ड–माधव नेपाल पक्षका नेताहरुले ओलीको राजीनामा मागेपछि नेकपामा विवाद बढपछि पार्र्टीको अन्तर द्वान्द बढेको हो ।

राजीनामा नदिने ओलीको अडान र अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पद त्याग्नुपर्ने ओली इतर समूहको दबावका कारण स्थायी कमिटी बैठक पनि पटक पटक स्थगन हुँदै आएको छ । यसअघि हिजो बसेको बैठकमा केपी ओली र पुष्पकमल दाहालबीचको वार्ता सकारात्मक बनेको दाबी गरिएको छ ।प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हिजो बिहान भएको चार घण्टा लामो संवाद सकारात्मक भएकाले आज फेरि बस्ने बताइएको छ ।

हिजोको बैठकमा महाधिवेशनको कार्यतालिका, अधिकार बाँडफाँड, वैचारिक बहस, आलोचना र आत्मालोचना, मन्त्रिपरिषद् हेरफेर, मुख्यमन्त्रीहरु परिवर्तनलगायतका विषयमा छलफल भएको बताइएको छ ।

गत बुधवार मात्र प्रधानमन्त्री ओलीले पार्टीभित्रको विवाद पाँच दिनभित्र सुल्झिने दावी गर्नुभएको थियो ।ओली र दाहालबीच साउन २० मा बालुवाटारमा छलफल भएयता कुनै संवाद हुन सकेको छैन । तर दोस्रो तहका नेता भने संवाद खुलाउने प्रयासमा लागिरहेका थिए ।

प्रतिक्रिया दिनुहोस्