नेकपाको सचिवालय बैठक सम्पन्न, कार्यदललाई अनुमोदन

काठमाडौं, १ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकप)को सचिवालय बैठक सम्पन्न भएको छ । बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) ले गठन गरेको कार्यदललाई अनुमोदन गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकोे बैठकले केही समययता पार्टीमा देखिएको अन्तरकिचलो समाधान र संकटको निकासका लागि सुझाव पेश गर्नका लागि गठन भएको कार्यदललाई जतिसक्यो छिटो प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को सचिवालयले अध्यक्षद्वयले बनाएको कार्यदललाई अनुमोदन गर्दै यस्तो अधिकार दिएको हो ।

अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डले पार्टामा देखिएको विवाद समाधानका लागि बिहीबार महासचिव विष्णु पौडेलको नेतृत्वमा कार्यदल बनाएको थियो । तर वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले सचिवालयबाट गठन वा अनुमोदन गर्नुपर्ने बताएका थिए ।

त्यसअनुसार सोमबार बोलाइएको सचिवालय बैठकले कार्यदललाई अनुमोदन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी सञ्चारकर्मीलाई जानकारी दीए। महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलमा भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य छन् ।
कार्यदल गठनलाई सकरात्मक रुपमा लिदै अध्यक्षद्वयलाई धन्यवाद ज्ञापन गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्