जन्मदिनमा भावुक बनिन् दीपाश्री: गल्ती स्वीकार्दै भनिन्- ‘सिनियर कलाकारको टिप्पणी गर्नु मेरो ठूलो भूल हो’

काठमाडौं, भदौ ७ । नायिका दीपाश्री निरौलाले फेरि दर्शकसँग माफी मागेकी छिन् । आफ्नो जन्मदिनको अवसरमा आज फेसबुक भिडियोमार्फत उनले दर्शकहरुसँग ७ मिनेटको समय माग्दै हात जोडेर माफी मागेकी हुुन् । साथै निरौलाले आउँदा दिनमा गल्ती नदोहोर्‍याउने प्रण पनि गरेकी छिन् । जन्म दिनको अवसर पारेर उनले आज सामाजिक सञ्जालमार्फत आगामी दिनमा पुनः गल्ती नदोहोर्‍याउने प्रण गरेकी हुन् ।

एक अन्तवार्तामा महानायक राजेश हमालबारे टिप्पणी गरेपछि आलोचना खेपेरहेकी दीपाश्रीले आफूले तीनवटा गल्ती गरेको बताइन् । ‘पहिलो गल्ती त म अन्तरवार्तामा जानु नै थियो । दोश्रो गल्ती मलाई यस्ता यस्ता प्रश्नहरु सोधिए कि, मैले आफ्नो आवेगलाई रोक्न सकिनँ,’ उनले भनिन्( ‘तेश्रो गल्ती म एक कलाकार भएर अर्को सिनियर कलाकारको बारेमा टिप्पणी गर्न पुगेँ र कूटनीतिक चलाखी देखाउन नसक्नु मेरो ठूलो भूल हो ।’

आफ्नो ३० बर्ष लामो कलाकारिताको दौरानमा आधी समय पीडादायी नै भएको र हाँस्य सिरियल ‘तितो सत्य’ रिलिज भएपछि मात्र आफूले पछाडि फर्किएर हेर्नु नपरेको उनको तर्क छ । तर महानायक विवाद अगाडि पनि आफूहरुलाई गाली आएको दीपाले बताइन् ।

सफलतासँगै गाली आफूहरुको भाग्यमा जोडिएर आएको पनि उनले उल्लेख गरेकी छिन् । उनले अन्त्यमा भनेकी छिन् ‘मेरो अभिवयक्तिले यहाँहरुको मन दुखेको छ, प्लिज आफ्नै दिदी बहिनी संझिएर माफी दिनुहोला ।’ दीपाश्रीबारे दीपकराज गिरीले फेसबुक भिडियोमा आएर दर्शकलाई सम्बोधन गर्दा सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएका थियो ।

प्रतिक्रिया दिनुहोस्