आज पनि घट्यो सुनको भाउ, कति पुग्यो प्रतितोला ?

काठमाडौं, भदौ ९ । मंगलवार पनि सुनको मूल्यमा गिरावट आएको छ। सोमबार तोलामा पाँच सयले घटेको सुनको मूल्य बुधबार सात सयले घटेर ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार ९७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार चाँदीको भाउ भने यथावत छ। चाँदी आज पनि तोलाको एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ। सोमवार पनि यही दरमा कारोबार भएको थियो।

प्रतिक्रिया दिनुहोस्