महिला क्रिकेट खेलाडीको पनि कोरोना बीमा

काठमाडौं, भदौ ९ । नेपाल क्रिकेट संघ (क्यान)ले दोस्रो चरणमा महिला क्रिकेट खेलाडीको कोरोना बीमा गरेको छ।

पहिलो चरणमा पुरुष खेलाडीको मात्र कोरोना बीमा गरेर क्यानले विभेद गरेको आवाज उठेपछि क्यानले १८ जना सिनीयर महिला खेलाडीको कोरोना बीमा गरेको हो।

क्यानले मगंलबार विज्ञप्ति जारी गर्दै सिनीयर टोलीका खेलाडीको कोरोना बीमा गरेको जानकारी दिएको हो।

क्यानले पहिलो चरणमा राष्ट्रिय टोलीका खेलाडीसहित त्रिवि खेल मैदान, मुलपानी क्रिकेट मैदानका कर्मचारी तथा क्यान कार्यालयका कर्मचारी गरि ५१ जनाको कोरोना बीमा गरेको थियो।

 

प्रतिक्रिया दिनुहोस्