म्युजिक भिडियोमा ब्यस्त नायक पल शाह, ‘लाइदिम् कि मोहनी’गीत यूटुव ट्रेन्डिङमा

पार्वती पाठक, काठमाडौं , भदौ ९ । अहिलेका युवायुवतिका मनमुटुमा बस्न सफल छन् नायक पल शाह , फिलीमी क्षेत्रमा राज गरिरहेका नायक पल यति बेला म्युजिक भिडियोमा ब्यस्त छन् । उनले अभिनय गरेका भिडियो दिन प्रतिदिन सार्वजनिक भैरहेका छन् । जति गीत पनि बजारमा आउँछन ति गीतले दर्शकको मन खुबै जित्ने गरेको छ ।

मान्छे पनि निकै सरल र शान्त स्वभावका छन् यसैले पनि होला उनको म्युजिकभिडियोमा माग बढिरहेको छ भने दर्शकको मन पनि जितिरहेका छन् ।उनले अभिनय गरेका गीत बजारमा आइरहदा चर्चा पनि बटुलीरहेका छन् ।लकडाउन खुकुलो भएसँगै अभिनेता पल शाह म्यूजिक भिडियोमा निकै नै व्यस्त छन् । उनी अभिनीत म्यूजिक भिडियो एकपछि अर्को गर्दै भटाभट रिलिज भैरहेको छन् ।

भर्खेरै उनले अभिनय गरेको एउटा लोकगीत बजारमा आएको छ । गीतको बेला हो ‘लाइदिम् कि मोहनी’, गायक ईश्वर थापा र देवी घर्तीको स्वरमा सजिएको ‘लाइदिम् कि मोहनी’ बोलको लोक दोहोरी गीत भर्खरै सार्वजनिक गरिएको हो ।सूर्य खड्काको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको भिडियोमा पल शाह र रियाशा दाहालले अभिनय गरेका छन् ।

गीतमा शब्द संगीत निकै राम्र्रो छ भने पल शाहको नित्यलाई दर्शकले निकै रुचाएका छन् ।कोरोनाको कहरका बिच पनि गीत भने यति बेला धमाधम आइरहेका छन् । यति बेला कलाकार गीत ल्याउनमा निकै ब्यस्त छन् ।छोटो समयमै गीतलाइ निकै रुचाएको छ। गीतले चर्चा पाउँदा यहिले यो गीत यूटुव ट्रेन्डिङ ९ मा आईपुगेको छ ।गीतमा शिव अखेलीले शब्द रचना गरेका छन् भने विश्वास नेपालले संगीत संयोजन गरेका छन् । यस्तै सूर्य खड्काले संगीत भरेका छन् ।

काजिश श्रेष्ठले निर्देशन गरेको भिडियोमा पल र रियाशालाई रोमान्टिक रुपमा देख्न सकिन्छ । भिडियोलाई दिपक विष्टले सम्पादन गरेका हुन् भने अर्जुन तिवारी र टिमले खिचेका हुन् । अभिनेता पल शाह म्यूजिक भिडियोमा मात्रै नभएर अहिले सामाजिक कार्यमा पनि सक्रिय छन् । नायक पल शाहले कालीकोट पुगेर बाढी पहिरो पीडितहरुलाई सहयोग गरेका छन् । हाम्रो टिम नेपाल र पल शाह प्रतिष्ठानको सहकार्यमा पीडितहरुलाई सहयोग गरिएको हो ।

पलसहितको टिम गत भाद्र ६ गते शनिबार कालीकोटको नरहरिनाथ गाउँपालिकामा पुगेर बाढी पीडितहरुलाई पहिलो चरणको सहयोग गरेको थियो । अहिले उनीलगायतको टिम दोस्रो चरणको राहत सहयोग लिएर सो ठाँउ पुगेको हो ।

नरहरिनाथ गाउँपालिकामा पहिरो जाँदा ठूलो जनधनको क्षती भएको उक्त ठाँउमाबाढी पहिरो पीडितलाई राहतको आवश्यकता देखेर पल कालीकोट पुगेका हु्न । र अन्य क्षेत्रमा पनि उनले सहयोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्