लिदी पहिरोः अभिभावक गुमाएका बालबालिकालाई नि:शुल्क पढाइने

काठमाडौं, भदौ १० । सिन्धुपाल्चोक,को जुगल गाउँपालिकाको लिदीमा गएको पहिरोमा अभिभावक गुमाएका बालबालिकालाई निशुल्क शिक्षा प्रदान गरिने भएको छ ।

पूर्व सूचना तथा सञ्चारमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले एक विज्ञप्ति जारी गर्दै यथासक्य चाँडो सम्पर्क गर्न आग्रह गरेका छन् ।

उनले विज्ञप्तिमा लेखेका छन्, ‘लिदी पहिरोमा अभिभावक गुमाएका स्मारिका दोङ, सविता दोङ, दुर्गा दोङ, कविता दोङ, अनिता दोङ, कान्छी दोङ, नाम नखुलेको साङबहादुर दोङकी छोरीसहित ७ बालिका र जम्वुमा सवै परिवार गुमाएकी छिरिङ गोले गरी ८ जनालाई कक्षा १२ सम्मको शिक्षा, यसै शैक्षिक सत्रबाट पढाउने व्यवस्था गरिएको छ ।’

बालबालिकालाई काठमाडौंको होस्टेलमा राखेर पढाउने व्यवस्था गरिने पनि उनले उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्