आज थपिएका संक्रमित, कुन जिल्लामा कति ? काठमाडौंसहित यी ७ जिल्लामा छन् ५०० बढी संक्रमित

काठमाडौं, भदौ १० । नेपालमा बुधबार थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ जना पुगेको छ।देशभर रहेका संक्रमितमध्ये १५१ जना आइसीयुमा र १४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा खोटाङका एकजना, झापाका १६ जना, तोह्रथुमका ८ जना, पाँचथरका ४ जना, मोरङका १३ जना र सुनसरीका ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषका ४३ जना, पर्साका एकजना, बाराका २४ जना, महोत्तरीका १८ जना, रौतहटका २० जना, सप्तरीका एकजना, सर्लाहीका १२० जना र सिरहाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका २३० जना, काभ्रेका २१, चितवनका ४२ जना, दोलखाका २ जना, धादिङका २ जना, भक्तपुरका २४ जना, मकवानपुरका १८ जना, रामेछापका एकजना, ललितपुरका ४७ जना र सिन्धुपाल्चोकका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ४ जना, गोरखाका एकजना, नवलपरासी पूर्वका ७ जना, लमजुङका २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका एकजना, कपिलवस्तुका ४ जना, दाङका १६ जना, नवलपरासीका २ जना, प्युठानका २२ जना, बर्दियाका एकजना, बाँकेका ४ जना, रुपन्देहीका १९ र रोल्पाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै कर्णाली प्रदेशका जिल्लाहरुमा जाजरकोटका एकजना, दैलेखका एकजना, सल्यानका एकजना, सुर्खेतका ७ जना जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा कंचनपुरका २ जना, कैलालीका २९ जना, डडेल्धुराका २ जना, डोटीका २ जना र अछामका २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालका ७ जिल्लामा ५०० भन्दा बढी सक्रिय कोरोना संक्रमित रहेको जानकारी दिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

यी हुन्  ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ७ जिल्ला 

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
सर्लाही
मोरङ
बारा

यसैबीच स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमतिलाई १४ दिनपछि कोरोना परीक्षण नगरी डिस्चार्ज गर्न निर्देशन दिएको छ ।मन्त्रालयले सबै सामाजिक विकास मन्त्रालय तथा कोरोना विशेष अस्पतालहरुलाई परिपत्र गरेर कोरोनाको लक्षण नदेखिएका संक्रमितलाई १४ दिनपछि डिस्चार्ज गर्न निर्देशन दिएको हो ।लक्षण बिहीन कोरोना संक्रमितको संक्रमण पुष्टि भएको १० दिन पछि पुनः परीक्षण गरी डिस्चार्ज गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्