यसवर्ष लोकसेवाले विज्ञापन नखोल्ने, २० हजार कर्मचारी अभाव हुँदै

काठमाडौं, भदौ १३ । लोकसेवा आयोगले यसवर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको छ ।कोरोना भाइरस संक्रमणका कारण आयोगले यस वर्ष निजामती कर्मचारीका लागि विज्ञापन नगर्ने भएको हो ।

आयोगले असोजको अन्तिम बुधबारदेखि विज्ञापन खुलाउने निर्णय गरेको थियो । तर कोरोना महामारीका कारण विज्ञापन नखोल्ने तयारी गरेको छ ।आयोगले यस वर्ष विज्ञापन नखुलाए २० हजार कर्मचारीको अभाव हुने बताइएको छ ।

यता संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीले आयोगमा रिक्त पदको विवरण आयोगमा पठाउनबारेमा निर्णय भइनसकेको बताएपनि मन्त्रालयले रिक्त पदमा विवरण संकलन सुरु गरेको छ ।

यद्यपी परिस्थिति सहज नभएसम्म आयोगमा रिक्त पदको विवरण नपठाउने बताइएको छ ।

आयोगले विज्ञापन खुलाउनुअघि संघीय मन्त्रालयले रिक्त पदको विवरण पठाउनुपर्ने कानुनी व्यवस्था छ ।

तर, मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले भने कोरोना महामारी बढ्दै गए आयोगमा विवरण नपठाउने जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्