फेरि उकालो लाग्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? चाँदी स्थिर

काठमाडौं, भदौ १४ । सुनको भाउ फेरि उकालो तिर लागेको छ । नेपाली बजारमा बहुमूल्य धातु सुनको भाउ साताको पहिलो दिन आज आइतबार ३ सय रुपैयाँले बढेको छ। गत शक्रुबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको भाउमा साताको पहिलो दिन बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार छापावाल सुनको भाउ तोलाको ९७ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलाको ९६ हजार ९ सय रुपैयाँ थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार स्थानीय बजारमा तेजाबी सुनको भाउ ९६ हजार ७ सय रुपैयाँ कायम भएको छ।

गत शुक्रबार ९६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। छापावाल ९२४ क्यारेट० र तेजाबी ९२२ क्यारेट० सुनको भाउ बढे पनि चाँदीको भाउ स्थिर छ। गत शुक्रबार चाँदी तोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँ कायम भएको थियो। आइबार पनि सोही भाउ कायम भएको छ।

उपभोक्ताको अनुमानभन्दा उच्च दरमा भाउ बढ्नु तथा कोरोना महामारीका कारण चार महिना लामो ‘लकडाउन’ र काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाका कारण सुन बजार नराम्रोसँग प्रभावित भएको व्यवसायी बताउँछन्।

प्रतिक्रिया दिनुहोस्