कैलालीमा सामूहिक बलात्कार, ४ जना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीको जानकी गाउँपालिकामा १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गर्ने ४ जनालाई प्रहरीले पक्रेको छ । पक्राउ पर्नेमा जानकी–९ पूर्व खैरीफाँटा बस्ने १८ वर्षका लोकेन्द्र रावत, कुमार कडारा, शंकर विश्वकर्मा र २० वर्षीय दिपक कडारा रहेका छन् ।

भदौ ११ मा रातको समयमा काकाको घरबाट फर्कंदै गरेकी किशोरीलाई उनीहरुले खेतवारीमा लगेर जबर्जस्ती बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता ९डिएसपी० प्रतिक विष्टले जानकारी दिए । आफुलाई डर, त्रास देखाएर बलात्कार गरेको भन्दै किशोरीले ईलाका प्रहरी कार्यालय टिकापुरमा जाहेरी दिएकी छिन् ।

प्रहरीले पीडितको स्वास्थ्य परिक्षण गरेर चार किशोर विरुद्ध बलात्कार मुद्धा दर्ता गरेको छ । अदालतबाट म्याद लिएर घटनाको विस्तृत अनुसन्धान शुरु गरिएको डिएसपी विष्टले बताए ।

प्रतिक्रिया दिनुहोस्