तान्त्रिक गुरुको ‘जय शिव शंकर भोला’

काठमाडौं, १४ भदौ । तान्त्रिक गुरु हरि शर्माको प्रस्तुती र शब्द रहेको भजन संग्रह ‘जय शिव शंकर भोला’ ले भजन संग्रहमा नयाँ आयाम थपेकोे छ ।
डाइमण्ड मिडियाले उत्पादन गरेको भजनमा कर्णराज गिरीको स्वर र संगीत रहेको छ । यो भजनको निर्देशन पनि शर्मा अफैंले गरेका छन् । यसमा शिवको महिमा गाइएको छ । रिया श्रेष्ठ, कर्णराज गिरी, हरि शर्मा, डाइमण्ड मगरको मोडलिङ रहेको यो भजन संग्रह काठमाडौंको पशुपतिनाथ र भक्तपुरको साँगामा छायाँकन गरिएको हो ।
समिर राईको छायाँकन र कृष्ण पाण्डेको सम्पादन रहेको भजन संग्रहको विनय कार्कीले एरेन्ज गरेका छन् । हरेक ढंगबाट शिव भगवानको वर्णन गरिएको भजन संग्रहले शिवको वास्तविक महिमालाई झल्काउने शर्माले बताए । यो भजन संग्रह डाइमण्ड टिभी च्यानलमा हेर्न सकिन्छ । शर्माले शिवको महिमा सबैले बुझनुपर्ने भएकाले भजनबाट स्पष्ट पार्न खोजिएको बताए ।

प्रतिक्रिया दिनुहोस्