नेपालमा सङ्क्रमण संगै मृत्युदर पनि ह्वात्तै बढ्यो, आज कहाँ कति थपिए ? (विवरणसहित)

काठमाडौं, भदौ १४ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण मात्र होइन मृत्युदर पनि ह्वात्तै बढेको छ ।पछिलो समय मृत्युदर दैनिक रुपमा बढ्दै जान थालेको छ । नेपालमा एकै दिन कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट ४ महिला र १० पुरुषसहित १४ जनाको मृत्यु भएको हो ।

योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको कुल संख्या २२१ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३४८महिला र ८७३ पुरुष गरी जम्मा १२२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।२ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

यो सँगै नेपालमा २० हजार ८ सय २२ जना संक्रमित उपचारपछि निको भएका छन्। हाल मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य छन्।

कहाँ कति थपिए ?

डा गौतमका अनुसार प्रदेश १ का जिल्लाहरुमा इलामका एकजना, ओखलढुंगाका ४ जना, झापाका ११ जना, पाँचथरका एकजना, मोरङका ४९ जना, संखुवासभाका २ जना र सुनसरीका ३३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश २ का जिल्लाहरुमा धनुषाका ७५ जना,पर्साका ४६ जना , बाराका ८२ महोत्तरीका ३७ जना,सप्तरीका ६ जना, सर्लाहीका ३४ जना र सिरहका २६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै बागमती प्रदेशका जिल्लाहरुमा काठमाडौंका ३७२ जना, काभ्रेका २५ जना, चितवनका ९० जना, धादिङका ३ जना, झक्तपुरका ४५ जना, मकवानपुरका ९ जना, रामेछापका एकजना, ललितपुरका १२ जना, सिन्धुपाल्चोकका २ जना र सिन्धुलीका ५ मा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै गण्डकी प्रदेशका जिल्लाहरुमा कास्कीका ५ जना, गोरखाका ५ जना, तनहुँका ४ नवलपरासी पूर्वका २ जना, बाग्लुङका ३ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रदेश ५ का जिल्लाहरुमा अर्घाखाँचीका ३ जना, कपिलवस्तुका २५ जना, गुल्मीका ६ जना, दाङका ५ जना, नवलपरासीका २१ जना, बाल्पाका ८ जना, प्युठानका ५ जना, बर्दियाका ६ जना, बाँकेका १४ जना, रुपन्देहीका ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा अछामका ८ जना, कंचनपुरका एक जना, कैलालीका ६ जना, डोटीका ११ जना, दार्चुलका २ जना, बझाङका ४७ जना, कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्