कैलालीमा युवतीमाथि सामूहिक बलात्कार : आरोपमा चारजना पक्राउ

काठमाडौं, भदौ १४ । कैलालीमा युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्लाको जानकी गाउँपालिका ९ को खैरीफाँटामा १७ वर्षीया युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरु पक्राउ हुन् ।

बलात्कार गरेको आरोपमा जानकी गाउँपालिका ९ का दीपक कडारा, लोकेश रावत, शंकर विश्वकर्मा र कुमार कडारालाई आइतबार बिहान पक्राउ गरेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरिक्षक मधुसुदन न्यौपानेले बताए । चारैजनालाई उनीहरुकै घरबाट पक्राउ गरिएको न्यौपानेले बताए ।

पीडित युवतीले दिएको किटानी जाहेरीका आधारमा ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । युवतीमाथि गत बिहीबार राती सामूहिक बलात्कार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्