कोरोनाबाट थप ७ जनासहित मृतकको संख्या २२८ पुग्यो

काठमाडौं ,१५ भदौ । कोरोना भाइरसबाट आज देशभरमा कोरोनाबाट थप ७ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या २२८ पुगेको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले महोत्तरीमा ४ वर्षीय बालिकासहित ७ जनाको मृत्यु भएको बताए । मृतकमा गोरखा र रुपन्देहीका २ महिला रहेका छन् । यस्तै झापा, रौतहट, चितवन र भक्तपुरका पनि १–१ जनासहित ४ पुरुषको मृत्यु भएको उनले जानकारी दिए ।

आज देशभर थप ८९९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। प्रवक्ता गौतमले महिला ३o३ र पुरुष ५९६ जना गरी देशभर ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३९ हजार ४६० पुगेको छ ।

यसैगरी काठमाडौं उपत्यकमा थप २९८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । उपत्यकाको संक्रमितमा काठमाडौंमा १९० ललितपुरमा ६७ र भक्तपुरमा ४१ जना रहेका छन् ।

यस्तै देशभर सक्रिय संक्रमितको संख्या १७ हजार ८२२ रहेको छ । जसमा संस्थागत आइसोलेशनम १० हजार ७०१ जना रहेका छन् । यस्तै होम आइसोलेशनमा ७ हजार १२१ जना रहेका छन् । आज ११ हजार १२९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म संक्रमितमध्ये २१ हजार ४१० जना निको भएका छन् । आजमात्रै ५८८ जना कोरोनामुमक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्