फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलामा आज ?

काठमाडौं । सुनको मूल्य आज पनि बढेको छ । आज (मंगलबार) सुनको मूल्य तोलामा ९ सयले बढेको हो ।

सोमबार ९७ हजार ५ सयमा कारोबार भएको छापावाल सुनको मूल्य आज ९८ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मुल्य मंगलबार ९७ हजार ९ सय तोकिएको छ ।

यस्तै चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १३ सय ९५ रूपैयाँ तोकिएको छ । चाँदीको मूल्य सोमबार १३ सय ६५ रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस्