टी-ट्‌वान्टी : इङ्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम खेल आज हुँदै

एजेन्सी । घरेलु टोली इङ्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टी-ट्‌वान्टी खेल आज ९मंगलबार० हुँदै छ । दुई टोलीबीचको खेल नेपाली समयअनुसार राति १०:४५ बाट सुरु हुनेछ ।

म्यानचेस्टर हुने खेलमा इङ्ल्यान्ड जित निकाल्दै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ । आजको खेलमा जित निकाल्न सके इङ्ल्यान्ड पाकिस्तानविरुद्ध लगातार छैटौं सिरिज जित्ने योजनामा छ । इङ्ल्यान्डले दोस्रो टी(ट्‌वान्टीमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको थियो ।

इङ्ल्यान्ड इयान मोर्गानको कप्तानीमा मैदान उत्रनेछ भने पाकिस्तान बाबर आजको कप्तानीमा मैदान उत्रनेछ । तीन खेलको टी-ट्‌वान्टी सिरिजमा घरेलु टोली इङ्ल्यान्ड १-० ले अघि छ ।

इङ्ल्यान्ड आजको खेलमा जित निकाल्दै सिरिज कब्जा गर्ने दाउमा हुनेछ भने पाकिस्तान जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्