वैकल्पिक शिक्षा प्रदान गर्न टेलिकमसँग प्याब्सनको सहकार्य

काठमाडौं, भदौ १६ । टेलिकमले न्यूनतम मूल्यमा उपलब्ध गराइरहेको इन्टरनेट सेवा प्रयोगका सम्बन्धमा मंगलबार प्याब्सनसँग सम्झौता भएको हो ।

कोभिड–१९ महामारीका कारण प्रचलित शैक्षिक प्रणालीबाट विमुख विद्यार्थीलाई वैकल्पिक शिक्षा प्रदान गर्न नेपाल टेलिकम र निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० बीच सम्झौता भएको छ ।

सम्झौताअनुसार देशभरका विद्यालयस्तरका विद्यार्थीले कम्पनीले उपलब्ध गराइरहेको न्यूनतम मूल्यको ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्न सक्छन् । टेलिकमका प्रमुख व्यावसायिक अधिकृत भानुराज श्रेष्ठ र प्याब्सनका उपाध्यक्ष एवं ई–लर्निङ संंयोजक दीपिका थापा रिमालले सम्झौतापत्रमा हस्ताक्षर गरे । प्याकेजका प्रयोगकर्ताले ३ सय १५ रुपैयाँमा २४ जीबी र ५ सय रुपैयाँमा ३५ जीबी डाटा प्राप्त गर्न सक्छन् ।

सम्झौतापछि टेलिकमले ‘ह्याप्पी लर्निङ प्याक’ प्रयोग गर्न प्याब्सनले सम्पूर्ण विद्यालयलाई अनुरोधसहितको जानकारी पठाउनेछ । जानकारी प्राप्त भएपछि विद्यालयले उक्त प्याकेज प्रयोग गर्न आफ्ना विद्यार्थीको मोबाइल नम्बरको सूची ई–मेलमार्फत पठाउनुपर्ने टेलिकमले जनाएको छ । विद्यार्थीहे टेलिकमको वेबसाइटमा गएर प्याक लिन रजिस्ट्रेसन गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्