आईसीसीले पठायो नेपाली क्रिकेटरको तलब

काठमाडौं, भदौ १६ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीको गत वर्षको तलब पठाएको छ ।

नेपाल क्रिकेट संघ क्यान (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दका अनुसार आईसीसीले सोमबार बेलुका १ वर्षको तलब सार्वजनिक गरेर खातामा पठाएको हो । नेपाली टिमका २२ खेलाडी र एकजना भिडियो एनालिस्टसहित २३ जनाको तलब निकासा भएको अध्यक्ष चन्ले बताए ।

यसअघि क्यानले खेलाडीको हस्ताक्षरसहित सम्पूर्ण डकुमेन्ट पठाएको थियो । आईसीसीले २०१९ को लागि पठाएको तलब ३ दिनभित्रमा आइपुग्ने र त्यसपछि खेलाडीको खातामा ट्रान्सफर हुने चन्दले जानकारी दिए ।

यस्तै यसपटक विभिन्न ग्रेडमा रहेका खेलाडीहरूको तलब १० हजारले बढेर आउनेछ । खेलाडीलाई ए, बी र सी ग्रेडमा वर्गीकरण गरिएको छ। जसमा ए ग्रेडका खेलाडीले ४५ हजार बी ग्रेडले ३५ हजार र सी ग्रेडले २५ हजारका दरले तलब पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्