आजको मौसमः मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं, भदौ १७ । हाल पूर्वी र मध्य भू–भागमा नेपाल नजिक रहेको मनसुनको न्युन चापीय रेखा पश्चिम सर्ने क्रममा छ। हाल गण्डकी प्रदेश तथा प्रदेश ५ का धेरै स्थान र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वुधबार दिउँसो स् देशभर सामान्यतया बदली रही धेरै स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थौरै स्थानहरुमा र बागमती प्रदेशका भारी वर्षाको सम्भावना रहेको छ ।

बिहिबार पनि देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जन रचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा प्रदेश १, प्रदेश २, बागमती प्रदेशका एक–दुइ स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार देशभर सामान्यतया बदली रहि केहि स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्