आईपीएलको खेल तालिका सार्वजनिक, पहिलो खेलमा को भिड्ने भए ?

काठमाडौं, भदौ २१ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले १३ औं संस्करणको आईपीएलको खेल तालिक सार्वजनिक गरेको छ । कोरोना भाइरस महामारीका कारण लामो समय स्थगित भएपछि यूएईमा आयोजना हुने तय भएको आईपीएलको पहिलो खेलमा मुम्बई इन्डियनस र साविकको विजेता चेन्‍नई सुपरकिङ्‌स भिड्ने भएका हुन् ।

आईपीएल यूएईमा १९ सेप्टेम्बरदेखि १० नोभेम्बरसम्म चल्ने छ । यस सिजनका आईपीएलका खेलहरु यूएईका तीन भेन्यु दुबई, शारजाह र आबुधावीमा कुल ४६ खेल खेलिने छन् ।

तर, बोर्डले प्ले–आफ खेलका लागि भेन्यूको निर्णय भने गरेको छैन । प्रतियोगिताको पहिलो खेल आबुधावीमा नेपाली समय अनुसार ७स्४५ बजे सुरु हुनेछ । यस सिजनको आईपीएलमा अक्टोबर १६ सम्म एक(एक खेल हुनेछन् । १७ अक्टाबरबाट मात्र दुई खेल हुनेछन् ।

त्यस्तै दोस्रो दिन नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित दिल्ली कयापिटल्सले किङ्‌स इलाभेन पन्जाबको सामना गर्नेछ । तेस्रो दिनको खेलमा सनराइजर्स हैदरावादविरुद्ध रोयल च्यालेन्जर बेङगलोर मैदान उत्रिने छ ।

प्रतिक्रिया दिनुहोस्