बलात्कार प्रयासको आरोपमा गौशाला वृत्तका प्रहरी जवान पक्राउ

काठमाडौं , भदौ २२ । बलात्कार प्रयासको आरोपमा महानगरीय प्रहरी वृत्त गौशालाका एक प्रहरी जवान पक्राउ परेका छन् ।

वनकालीस्थित छाप्रोमा गएर आफूलाई बलात्कार प्रयास गरेको भन्दै २१ वर्षीया युवतीले उजुरी दिएपछि दार्चुला घर भइ हाल गौशाला वृत्तमा कार्यरत रहेका प्रहरी जवान उपेन्द्र सिंह पक्राउ परेका हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको वृत्तका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्