घट्यो सुनको मूल्य, प्रतितोलाको कति ?

काठमाडौँ, भदौ २३ । सुनको मूल्य ओरालो लाग्ने क्रम जारी छ।गत बुधबारदेखि घट्न थालेको सुनको मूल्य आज पनि प्रतितोला ३०० रूपैयाँ घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार भने सुनचाँदीको मूल्य घटबड भएको थिएन ।

यसैगरी, चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी आज प्रतितोला एक हजार ३१० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि आइतबार चाँदीको भाउ प्रतितोला एक हजार ३२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

प्रतिक्रिया दिनुहोस्