काठमाडौं उपत्यकामा थपिए ३९६ संक्रमित, प्रवक्ता गौतम भन्छन्- ‘हामी सुधारोन्मुख अवस्थामा छौ’

काठमाडौं , भदौ २३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा उपत्यकामा थप ३९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले प्रवक्ता डा।गौतमले जानकारी दिए। पछिल्लो २४ घण्टामा ९०२ जनामा कोरोना भाइरस ९कोभिड(१९० संक्रमण पुष्टि भएको छ। यो सहित संक्रमितको संख्या ४८ हजार १३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।

सोमबार मात्रै ९७९ जनामा संक्रमण देखिएको थियो। यसैबीच गौतमले संक्रमित र मृतकको संख्यामा कमि आएकाले सुधारोन्मुख अवस्थामा रहेको बताए। हामी सुधारोन्मुख अवस्थामा छौं। संक्रमित र मृतक संख्यामा केही कमी आएको छ, उनले भने।

प्रतिक्रिया दिनुहोस्