टी-ट्‍वान्टी वरीयतामा नेपाल यथावत्

काठमाडौं , भदौ २४ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी-ट्‍वान्टी वरीयतामा नेपाल यथावत् छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत् रहेको हो ।

टी(ट्‍वान्टी वरियताको शीर्ष स्थानमा अस्ट्रेलिया छ । तीन खेलको टी-ट्‍वान्टी सिरिजको अन्तिम खेलमा इङ्ल्यान्डलाई पराजित गरेको अस्ट्रेलिया वरीयताको शीर्ष स्थानमा उक्लिएको हो ।

अस्ट्रेलियाले तेस्रो टी-ट्‍वान्टीमा इङ्ल्यान्डलाई ५ विकेटले पराजित गरेको थियो । सोही सिरिज २-१ ले आफ्नो पक्षमा पारेको इङ्ल्यान्ड वरीयताको दोस्रो स्थानमा छ । यसअघि इङ्ल्यान्ड वरीयताको शीर्ष स्थानमा थियो ।

अस्ट्रेलिया २२ खेलमा २७५ रेटिङ अंकसहित शीर्ष स्थानमा रहँदा समान खेल खेलेको इङ्ल्यान्डको २७१ रेटिङसहित दोस्रो स्थानमा छ । त्यस्तै भारत तेस्रो, पाकिस्तान चौथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा छन् ।

नयाँ वरीयताको १५ स्थानमा यथावत् रहेको नेपालको २३ खेलमा १८० रेटिङ अंक छ । एसोसिएट राष्ट्रमा नेपालभन्दा अघि स्कटल्यान्ड र यूएई छन् । स्कटल्यान्ड १४ र युएई १३औं स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्