कोरोनाबाट मृत्यु हुनेको संख्या ३१२ पुग्यो, आज मात्रै ६ जनाको मृत्यु

काठमाडौं, भदौ २४ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१२ पुगेको छ । आज मात्रै ६ जनाको मृत्यु भएको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३१२ पुगेको छ ।

यसअघि मंगलबार ६ जनाको कोरोनाले मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्