पेस्तोल र गोलीसहित जनकपुरबाट २ युवक पक्राउ

काठमाडौं , भदौ २५ । पेस्तोल र गोलीसहित जनकपुरबाट दुई युवक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका २५ बस्ने वर्ष २१ का अजयराज कायस्थ र २४ वर्षीय सुनिल मण्डल रहेका छन्।

बिहीबार दिउँसो साढे १२ बजेको समयमा दुवै युवकलाई जनकपुरधाम उपमहानगरपालिका ७ मुसहरी टोल नजिकबाट एकथान पेस्तोल र त्यसमा प्रयोग हुने १ राउण्ड गोलीसहित पक्राउ गरेको धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिए।दुवै जनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्