कोरोनाबाट थप ५ जनाको मृत्यु, मृतकको संख्या ३२२ पुग्यो

काठमाडौं, भदौ २६ । नेपालमा कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जना मृत्यु भएको छ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप ५ जना संक्रमितको मृत्यु भएको बताए।आज एक महिला र ४ पुरुष गरी पाँच जनाको कोरोना संक्रमणबाट मृतयु भएको हो।

मृत्यु हुनेमा मोरङकी ४० वर्षीया महिला र महोत्तरीका ६५, धनुषाका ४५, काठमाडाँैका ७० र नवलपरासीका ५५ वर्षीय पुरुष रहेका छन्। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।

बिहीबार १ महिला र ४ पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । त्यस्तै बुधबार ६ जना संक्रमितले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्